डा. केसीको जीवन रक्षाका लागि सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई राप्रपा अध्यक्ष राणाको आग्रह

Politics

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न, सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आह्वान गरेका छन् ।

‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक छ,’ भन्दै अध्यक्ष राणाले सरकारले नागरिकको जीवनमाथि खेलबाड नगरी गम्भीर बन्नु पर्ने बताए ।

शनिवार ट्वीट गर्दै उनले भने, ‘अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु । डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’