मलेसियाली राजकुमारीले गरिन् कामदारसँग विवाह !

International

मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ । मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेदभाव हुँदैन् । यसैले होला दुनियाँमा मायालाई सबैभन्दा पवित्र मानिएको । हाल एक अनौठो विवाहको बारेमा जानकारी आएको छ ।

मलेशियाको जोहोर स्टेटको राजकुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांदरियाहको १४ अगष्टमा डच मुलका डेनिस मुहम्मद अब्दुललाहसँग विवाह भएको छ । विवाहको रोचक कुरा चाँही सुल्तानको एक प्रपर्टी डेवलपमेन्ट फर्ममा डनिसले काम गर्थे । दुवैजनाले प्रेम विवाह गरेका हुन् ।

तीन वर्ष पहिला राजकुमारी र डेनिसको भेट मलेशियाको एक क्याफेमा भएको थियो । भेट पछि डेनिसले इस्लाम स्वीकार गरेका थिए । यस विवाहलाई दुवै परिवारको सर्मथन र आर्शिवाद मिलेको थियो । दुवै परिवारले सबै परम्परागत प्रक्रिया पुरा गरेर विवाह सम्पन्न गरेका हुन् ।