राज्यको उपस्थिति कोरोना संक्रमित र मृतकको अपडेटमा सीमित : नेता केसी

Politics

कांग्रेस नेता अर्जुन नरसिंह केसीले राज्यको उपस्थिति कोरोना संक्रमित र मृतकको अपडेटमा सीमित रहेको टिप्पणी गरेका छन् । उनले कोरोनाको उपचारका लागि पर्याप्त भेन्टिलेटर, आइसियु र जनशक्तिको व्यवस्थापन हुन नसकेको भन्दै सरकार लाचार र निरीह बनेको आरोप लगाएका छन् । ट्वीटरमार्फत उनले सरकार आफ्नै सत्ता छिनाझपडी र खिचलो मै रुमल्लिएको भन्दै उनले अब जनस्तर बाटै सहमति निर्मा गर्दै बाँच्ने र बचाउने कार्यमा जुट्न आह्वान गरेका छन् ।