भिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्ने

Health-Education

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् । त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने तथा तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने सुझाब विज्ञहरुले दिएका छन् । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न तथा बोइलर कुखुराको मासु धेरै नखान समेत विज्ञहरुले आग्रह गरेका छन्।

त्यस्तै खसीबोकाको उपभोग पनि सकेसम्म कम गर्ने , कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न र दिनको एकदुई वटा कागतिको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तु बाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने बिज्ञा बताउछन् । त्यस्तै धेरैप्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न र सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खानपनि गर्न , शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि बिज्ञा सुझाउछन् । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने तथा योगा, खानपिन, आयुरवेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिंदा राम्रो हुन्छ ।