पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु

Health-Education

दुवै मृगौला फेल भएका र निमोनियाको समस्या रहेका ३३ वर्षीय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

यस्तै तानसेन नगरपालिका २ का ८५ वर्षीया पुरुषको भने तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा शनिबार मृत्यु भए पनि आजमात्र कोरोनाको पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी पन्थीले बताउनुभयो । योसँगै पाल्पामा ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै पाल्पामा आजमात्र थप ३० जनामा कोरोना संक्रमण भएपछि संक्रमित संख्या १ हजार २१ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जसमध्ये ७ सय ७० जना डिस्चार्ज भएका छन भने जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।