धुलिखेल अस्पतालमा कोरोना बिरामीका लागि न्यूनतम ५० हजार धरौटी चाहिने

Health-Education

धुलिखेल अस्पतालले कोरोना संक्रमितले धरौटी रकम नबुझाए भर्ना नपाइने सूचना निकालेको छ । कात्तिक २ गतेको निर्णयअनुसार शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने भन्दै भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचनामा सामान्य लक्षण भएका बिरामीले ५० हजार धरौटी राख्नुपर्ने, मध्य जटिल बिरामीले १ लाख र जटिल बिरामीको उपचारका लागि २ लाख धरौटी राख्नुपर्ने छ ।

अस्पतालले औषधि तथा रोग निदानमा प्रयोग हुने जाँच तथा अक्सिजन तथा भेन्टिलेटर चलाएमा थप शुल्क लाग्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गतेदेखि सरकारले तोकको लक्षित समूह बाहेकका सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय धेरै अस्पताहरुले कार्यान्वयनमा ल्याइसकेका छन् ।