Kailash Bikas Bank merges with prime Bank

३५०० भन्दा बढी कर्मचारी कोरोना संक्रमित हुँदा बैंकिङ सेवा प्रभावित

Economy

कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिड–१९ को केन्द्र बनेका छन् । संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बैंकले सबै शाखाबाट एकै पटक सेवा दिन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा ३ हजार ५०० को हाराहारीमा कर्मचारीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् ।

वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा भने संक्रमित कर्मचारीको संख्या न्यून रहेको छ । नेपाल डेभलप्मेन्ट बैंकर्स एशोसिएशनले कात्तिक २ गतेसम्म २० ओटा विकास बैंकहरुमा ४८५ जना कर्मचारी संक्रमित भइसकेको बताएको छ ।

यसमध्ये १७६ जना संक्रमण मुक्त भइसकेका छन् भने ३०९ जना कर्मचारी अझै संक्रमित छन् । संक्रमित कर्मचारीका एकाघर परिवारका १८३ जना सदस्यसमेत संक्रमित रहेको संघले बताएको छ । यसैगरी ‘ग’ वर्गका २१ ओटा वित्त कम्पनीका करीब २०० जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

बैंकको काउन्टरमा बस्ने क्यासियरदेखि माथिल्लो तहका कर्मचारी कोरोना संक्रमित भएपछि पालैपालो गर्नुपर्दा सेवा प्रवाहित भएको बैंकरहरु बताउँछन् । संक्रमित बढेकाले अधिकांश कम्पनीहरुले पछिल्लो समय सबै शाखा सञ्चालन गर्न सकेका छैनन् ।

कतिपय कम्पनीहरुले भने पालैपालो शाखा कार्यालय खोलेका छन् भने कतिपय कम्पनीले सेवाअवधि घटाएर १० बजेदेखि १ वा २ बजेसम्म कार्यालय समय तोकेका छन् ।

हाल सञ्चालनमा रहेका ८४ ओटा लघुवित्त वित्तीय संस्थाको अधिकांश कार्यालय राजधानी बाहिर अर्थात् ग्रामिण भेगमा भएकाले यस्ता कम्पनीका कर्मचारीहरु भने फाट्टफुट्ट मात्र संक्रमित भएका छन् । सबै लघुवित्त कम्पनीको कुल कर्मचारीको औसत २ प्रतिशत कर्मचारी मात्र कोरोना संक्रमित भएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।