कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

Health-Education

गत वैशाख ८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको कक्षा १२ को वार्षिकपरीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान आठबजेदेखि नौ बजेसम्म सञ्चालन हुने जनाइएको छ।सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

कोरोन संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ । संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ । कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्ला भन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको छ ।