प्रचण्ड र भारतीय गुप्तचर प्रमुखको भेट भएको छैन : प्रचण्ड सचिवालय

Politics

सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को सचिवालयले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ुजुगलु ले आज बिहान एक विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु ।’