पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण भएको छ । भट्टराईले आज विहान ट्वीट गर्दै आफूहरूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
कात्तिक ७ गते गरिएको स्वाब परीक्षणमा भट्टराई दम्पत्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमणपछि नेता भट्टराई र उनकी पत्नी हिसिला यमी होम आइसोलेसनमा रहेका छन् । चिकित्सकको सल्लाह अनुसार नै आइसोलेसनमा बसेको भट्टराईले उल्लेख गरेका छन् ।
दुबै जनामा कुनै लक्षण देखिएको छैन । नेता भट्टराईले केही समययता आफ्नो सम्पर्कमा आउनेलाई सतकर्ता अपनाउन आग्रह गरेका छन् । भट्टराई केही समयअघि पर्सामा जनता समाजवादी पार्टीले आयोजना गरेका ठुला भेलाहरुमा सहभागी भएका थिए ।