नीतिगत प्रबन्ध सच्याउने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

Economy

अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्था सुधार गर्न नीतिगत प्रबन्ध सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । अर्थमन्त्री पौडेलले कतिपय कानुनी प्रबन्धका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकोले तिनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको हो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कतिपय कानूनी नियमगत प्रबन्ध अथवा अरु पक्षका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकोले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतिपूर्ण रहेको बताउनुभयो ।

लकडाउनका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखा परेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व संकलनमा चुनौति थपिएको बताउनुभयो । उहाँले सरकार र राज्यका विभिन्न निकायको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा ध्यान केन्द्रित भएको बताउनुभयो ।