सारा विश्वमा सुनको मूल्य बढिरहेको अवस्थामा ग्लोबल कम्पनी गोल्डम्यान स्याशले भने २०३५ सम्ममा संसारका सबै खानीबाट सुन निकालि सकिने बताएको छ । त्यसपछि जमीन भित्रको सबै सुन सकिने बताइएको हो । बीबीसीको एक रिपोर्टका अनुसार वर्ल्ड गोल्ड काउन्सिलका प्रवक्ता हन्नाह ब्राण्डसटीटरले पनि आउने केहि वर्षमा खन्ने क्रम अब रोकिने बताएका छन् ।
किनभने सुन पहिलेको तुलनामा केहि गुणा घटिसकेको छ । वर्ल्ड गोल्ड काउन्सिलको एक रिपोर्टका अनुसार २०१९ मा सारा विश्वबाट लगभग ३ हजार ५३१ टन सुन निकालिएको थियो । विज्ञहरुले यो अवस्था पीक गोल्डको अवस्था भएको बताएका छन् । अर्थात् हामीले सबै ठाउँबाट सबै सुन निकालिसकेको अवस्था छ । केहि दिन पहिला मात्र डब्ल्यूजीसीले आफ्नो रिपोर्टमा धर्तीमा अब मात्र ५४ हजार टन सुन रहेको बताएको थियो । अहिलेसम्म ७० प्रतिशत सुन जमीनबाट निकालिसकिएको छ भने अब ३० प्रीतशत मात्र बाँकी रहेको छ ।