‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट राष्ट्रिय हित कमजोर पार्ने इतिहासकै पहिलो घटना : श्रेष्ठ

Politics

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत एवं कुटनीतिक इतिहासमा पहिलो घटना भएको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत श्रेष्ठले यो प्रकरणले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने काम मात्र नभएर नेपालको राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित कमजोर पार्ने कार्य भएको टिप्पणी गरेका छन् ।

श्रेष्ठले लेखेका छन्, ‘गोएल प्रकरणस् नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको पहिलो घटना हो यो ।यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने काम मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित कमजोर पार्ने कार्य हुन सक्दछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर कुटनीतिक मर्यादाविपरित भेटवार्ता गरेपछि चर्को आलोचना भएको छ ।