उपत्यकामा थपिए ८९५ कोरोना संक्रमित

Health-Education

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८९५ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७३, ललितपुरमा १४६ र भक्तपुरमा ७६ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल काठमाडौँ जिल्लामा सक्रिय संक्रमित १८ हजार ३७४, ललितपुरमा २५२० र भक्तपुरमा १५२० जना रहेका छन् । काठमाडौँमा १०५०१ जना, ललितपुरमा २४९५ जना र भक्तपुरमा १७१९ जना होम क्वारेन्टिनमा बसेका छन् ।

नेपालमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।