कोरोना र लकडाउनका कारण रोजगारी गुमाएका नागरिक दशैंको दिन पनि सडकमै खाना खोज्न बाध्य देखिएका छन् । काठमाडौंको खुलामञ्चमा आज पनि खाना खानेको भीड लागेको देखिएको छ ।
लक डाउन शुरु भएदेखि निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले उनीहरुका लागि खाना र टीकाको व्यवस्था गरेको हो । दशैंका दिन पनि सडकमा खाना खोज्न बाध्य नागरिकले सरकार कहाँ छ भनेर आक्रोश व्यक्त गरेका छन् ।
हाम्रो टिम नेपालले लकडाउन शुरु भएपछि समस्यामा परेकाहरुलाई खाना खुवाउँदै आएको छ । आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्ष जस्तो हर्सोल्लास छैन् ।