सिरहामा एकै परीवारका दुई बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । नरहा गाउँ पालिका ३ खोरियाका गुलजार सेखका छोरा वर्ष १० को अनजार र वर्ष ८ का यहसानको शव सोमबार वेलुका गाउँ देखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा शव भेटिएको हो । घरबाट दिउसो ३ बजेदेखि हराईरहेका उनीहरुको खोजतलास गर्ने क्रममा दुवै दाजुभाईको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले जानकारी दिए ।