आईपीएलमा तीन पटकसम्म च्याम्पियन बनेको चेन्नई सुपरकिंग्स आईपीएल २०२० बाट बाहिरिएको छ । चेन्नईले यो सीजनका १२ म्याचमा ८ वटा म्याच हारेको छ । यसका साथै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीकी श्रीमती साक्षीले सोसल मिडियामा एक इमोशनल पोस्ट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यो खेलको भाग हो, केहिले जित्छन् त केहिले हार्छन्, तर तपाई त्यो बेला पनि विजेता हुनुहुन्थ्यो र आज पनि ।’