स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस ब्रिफिङ गर्ने भएको छ ।
दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अबदेखि आइतबार र बुधबारमात्रै गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कोरोना संक्रमण सुरु भएपछि गत चैतदेखि मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ गर्दै आएको थियो ।
आइतबार र बुधबार बाहेकका दिनमा भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप, फेसबुक र ट्विटरबाट कोरोना अपडेट जानकारी दिने प्रवक्ता गौतमले बताउनुभयो ।