साइबर क्राइमको अभियोगमा पशुपतिका भण्डारी पक्राउ

Crime

पशुपतिनाथका भण्डारी केदारनाथ भण्डारी पक्राउ परेका छन्। साइबर क्राइमको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट फक्राउ गरेको हो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापालाई सामाजिक सञ्जालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गुहेश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको सुनको मूर्ति २० वर्षमा २ किलो भन्दा बढी खिइएको बाहिरिएपछि भण्डारीले थापाविरुद्ध सामाजिक सञ्जालबाट गालीगालौज गरी भिडियो सार्वजनिक गरेका थिए।