विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा हुन्छन् । कुनै जातिका परम्परा त अचम्म लाग्दा पनि हुन्छन् ।
यस्तै एक अनौठो परम्परा भएका आदिवासी समुदाय छन् । जसको परम्परा सुन्दा जोकोहीलाई अनौठो लाग्छ । हाम्रो समुदायमा आफ्नो परिवार र आफन्तको मृत्युपछि दुख मनाउने गर्छौ । तर मडागास्करको आदिवासी समुदायका मानिसहरु आफ्नो परिवार मरेमा पनि खुशी मनाउने गर्छन् ।
उनीहरु बाजा बजाएर लाससँगै नाचगान गर्ने गर्छन् । पत्याउन नसकिने र झ्वाट्ट सुन्दा निर्दयी लाग्ने यस्तो परम्पराको विश्वभर आलोचना भएपनि यस स्थानका मानिसहरुले आफ्नाको मृत्युपछि पनि रमाइलो गर्ने गर्छन् ।
उनीहरुले मृतकको लासलाई कपडामा बाँधेर नचाउँछन् र आफुहरु पनि नाच्छन् । जुन संस्कारलाई फमादिहाना अर्थात् अस्थिपन्जर बनाउने संस्कार भनिन्छ । अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त समुदायले चिहानमा गाडिसकेको लासलाई पनि निकालेर उत्सव मनाउछन् ।