एटिएम फोरिरहेको अवस्थामा एक युवक पक्राउ

Crime

माछापुच्छ्रे बैंकको एटिएम फोरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली टिकापुर घर भइ हाल काठमाडौं बानेश्वर बस्ने १८ वर्षीय एक युवक रहेको प्रहरीले जनाएको छ । ती युवकलाई काठमाडौं महानगर १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैैंकको एटिएम फोर्दै गरेको अवस्थामा आइतवार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटिएम फोर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।