खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो : महानगर

News

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक लगाएको छ । महामारीमा खानाबाट बच्चितहरूलाई विभिन्न अभियन्ताहरूले नियमित खाना खुवाउँदै आएका थिए ।

खुलामञ्चमा खाना खुवाउँदा सरकारको इज़्ज़त गएको कारण देखाउदै महानगरपालिकाले खाना खुवाउन रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

माथिको आदेश भन्दै महानगरले खाना खुवाउन रोक लगाएको खाना खुवाउने अभियानामा संलग्नले बताएका छन् ।

सडकमा खाना खुवाउँदा सरकारको बेइज्ज भएको भन्दै महानगरका प्रहरीले माथिको आदेश अनुसार अभियानामा रोक लगाएको बताए ।