हिन्दु राज्य र राजा सहितको प्रजातन्त्र माग गर्दै सोमबार बुटवलमा प्रदर्शन भएको छ । वीर गोर्खाली समूहको आयोजनामा रूपन्देहीको मणिग्रामवाट सुरु भएको मोटरसाइकल ¥याली बुटवलको ट्राफिक चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा सहभागीहरुले संबैधानिक राजतन्त्र र हिन्दु राज्य हुँदा मात्रै मुलुकको बिकास हुने बताए ।
प्रदर्शनमा सहभागीहरुले गणतन्त्रको नाममा नेताहरुले जनतालाई आश्वासन मात्रै दिएको आरोप लगाए । गणतन्त्रपछिका सरकारले भ्रष्टाचार र बेथिती बढाएको, सघियता नेपालको लागि सुहाउदो नभएकोे उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए