भारतको चर्चित रिलायान्स क्यापिटलले आफ्नो सेक्युरुटिज कम्पनीसहित पाँच कम्पनी बिक्री गर्ने भएको छ।उसले लिएका ऋण चुक्ता गर्न कम्पनी बिक्री गर्न लागेको हो। कम्पनीमा २० हजार करोड भन्दा बढी ऋण छ।
उक्त ऋण चुक्ता गर्न डिबेन्चर होल्डर र डिबेन्चर ट्रस्टीको कमिटीलाई शेयर बिक्री गर्���े प्रक्रिया सुरु गर्न भनेको छ।
उसले रिलयान्स जनरल इन्स्योरेन्स,रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स, रिलायन्स सेक्युरुटिज, रिलायन्स फाइनान्सियल र रिलायन्स एसेट रिकन्स्ट्रक्सन बिक्री गर्न बोलपत्र आह्वान गरेको छ। कम्पनीको योजना अनुसार रिलायन्स जनरल इन्स्युरेन्सबाट सबै शेयर बिक्री गरेर निस्कन खोजिरहेको छ। यसको सेप्टेम्बर २०२० सम्म चुक्ता पूँजी २५२ करोड भारतीय रुपैयाँ छ। यसका साथै रिलायन्स निप्पोन लाइफको पनि ५१ प्रतिशत शेयर बिक्री गर्ने योजनामा कम्पनी छ।
रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स जापानको निप्पोन लाइफ र रिलायन्स ज्वाइन्ट भेन्चर कम्पनी हुन्। यसमा निप्पोनको ४९ प्रतिशत शेयर छ। यसको चुक्ता पूँजी एक हजार १९६ करोड रुपैयाँ छ। ३० सेप्टेम्बर २०२० सम्म यो कम्पनीको ए सेट अन्डर म्यानेजमेन्ट(एयुएम)२१ हजार ९१२ करोड रुपैयाँ छ। २०१९/२० मा यसको खुद नाफा ३५ करोड रुपैयाँ थियो।
रिलायन्स ए सेट रिकन्सट्रकसनको ४९ प्रतिशत शेयर बिक्री गर्ने तयारी छ। २० सेप्टेम्बरसम्म यसको पोर्टफोलियो एक हजार ९९६ करोड रुपैयाँ छ। यसमा २० प्रतिशत शेयर इन्डियन कमोडिटि एक्सचेन्ज (आइसिइएक्स)को छ। एसबिआइ क्यापिटल मार्केट र जेएम फाइनान्सियल सर्बिसेज यसमा भएको सबै शेयर बिक्रि गर्ने प्रक्रियामा छन्। २०२० अगस्टसम्मको व्याज सहित ग्रुपमा १९ हजार ८०५ करोड रुपैयाँ बराबरको ऋण छ। कम्पनीका अनुसार जुलाईमा ऋण दिने कम्पनीको रि पेमेन्टमा कम्पनी फेल भएको थियो।उसलाई जुनको त्रैमासमा धेरै घाटा भएको थियो।
कम्पनीको योजना अनुसार ब्रोकिङ फर्म रिलायन्स सेक्युरुटिज र गैर बैकिङ वित्तीय कम्पनी(एनबिएफसि) रिलायन्स फाइन्सिएलको सत प्रतिशत शेयर बिक्रि गरिने छ। रिलायन्स फाइनान्सियलले मुख्य रुपमा ऋण दिने काम गर्दछ। रिलायन्स क्यापिटल यो लगायत हेल्थ इन्स्योरेन्स बाट पनि बाहिरिन चाहेको छ। यसका अतिरिक्त रिलायन्स धेरै कम्पनीबाट बाहिरिन खोजिरहेको छ।
रिलायन्स क्यापिटल अनिल धिरु भाइ अम्बानी ग्रुप(एडिएजि)को कम्पनी हो। स्रोतका अनुसार रिलायन्स क्यापिटलले यो विषयमा एक्सप्रेस अप इन्ट्रेस्ट(इओआइ) जारी गरेको छ।