उपमेयर र वडाध्यक्षहरुद्वारा नगर प्रमुखले अनियमितता गरेको भन्दै मलंगवा नगरपालिकामा नाराबाजी गर्दै विरोध प्रदर्शन

Politics

नगर प्रमुख निरसल साहले  प्रशासकीय अधिकृत होमनाथ सुवेदीसँग मिलेर अनियमितता गरेको आरोप लगाउँदै उपप्रमुख तथा वडाध्यक्षले नगरपालिका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । सोमबार उपमेयर र वडाध्यक्षहरुले विरोध स्वरुप कार्यालयको लेखा शाखामा लगाएको ताल्चा साँझ नगरप्रमुख साहले तोडेपछि आज उनीहरू कार्यालयअगाडि धर्नामा बसेका छन् ।

उनीहरूले नगरस्तरीय बजेट विवरण सार्वजनिक गरी सोको विवरण उपलब्ध, करार कर्मचारीलाई दिएको खर्चको विवरण पेश गर्न माग गरेका छन् । यस्तै ०७४/०७५ देखि हालसम्मको डोर हाजरी र करारमा नियुक्त गरिएका कर्मचारीहरुको पदीय जिम्मेवारी समेतको विवरण सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।