भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने समयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विरोधस्वरुप आकाशमा काला बेलुनहरु उडाएको छ।
आज मध्याह्न पाैने १२ बजे नरवाणेको विरोध गर्दै मोर्चासम्मबद्ध कार्यकर्ताले बागमती किनारबाट काला बेलुनहरू एअरपोर्टको आकाशमा पुग्ने गरी उडाएका हुन्।
त्यहाँबाट कालो बेलुनमा मिथेन ग्यास भरेर बेलुनका दुई वटा गुच्छा र १०० वटा छुट्टाछुट्टै बेलुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर उडाइएको थियो। प्रत्यक्षदर्शीले बताएअनुसार एअरपोर्टको आकाशमा काला बेलुनहरू उड्दा चिल हुन् कि बेलुन छुट्याउन गाह्रो परेको थियो।