१० लाख रुपैयाँ घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् । घुस लिँदा लिँदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरी प्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रक्राउ गरेको हो। उनी हेटौंडा–१० बसपार्क मेगा होटलबाट पक्राउ परेका हुन । प्रसारण लाइनको ठेकेदारसँग घुस रकम लिँदै गरेको अवस्थामा जैसवाललाई पक्राउ परेको अख्तियार हेटौंडाले जनाएको छ।