बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

International

जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचन भएका छन् । ७७ वर्षका बाइडेन अमेरिकाको राष्ट्रपतिमध्येकै सबैभन्दा वृद्ध राष्ट्रपति हुन् । यो भन्दा अगाडि राष्ट्रपति डोनाल्ड ट्रम्प ७१ वर्षमा राष्ट्रपति बनेका थिए । त्यो रेकर्ड बाइडेनले तोडेका हुन् । उनले २७३ भोट ल्याउँदै बहुमत पाएका छन् ।