चिनियाँ सैनिक पस्न नदिन ताइवानले बीचमै लगायो एन्टी ल्यान्डिङ स्पाइक

International

चीन र ताइवानबीच लामो समय यता तनाव जारी छ । पछिल्लो महिनामा झनै तनाव बढेको देखिएको छ । यस्तो अवस्थामा ताइवानले चिनियाँ सैनिकले जुन कुनै बेला पनि हमला गर्न सक्ने भन्दै किनमेन द्वीपको समुन्द्री तटमा एन्टी ल्याडिङ स्पाइक लगाएको छ । किनभने चिनियाँ सैनिक त्यहाँबाट जान नसकुन् । साथै स्पाइक्सको केहि पर ट्यांक पनि खडा गरेको छ ।