ब्राजिलले चीनियाँ खोप प्रयोग नगर्ने

International

चर्को रुपमा आलोचना गर्दै परिक्षणमा रोक लगाएको घोषणा गरेपनि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस विरुद्धको चीनियाँ भाइरसको क्लिनकल परिक्षण निलम्बन गर्नुलाई जित भएको घोषणा गर्नुभएको छ ।

ब्राजिलमा भइरहेको सो खोपको परिक्षणका क्रममा एक जना स्वयं सेवकको मृत्यु भएपछि रोकिएको थियो । ब्राजिलका स्वास्थ नियन्त्रक एन्भिजाले गत २९ अक्टोबरमा खोप परिक्षणमा संलग्न स्वयं सेवकमाथि सो घटना भएको जानकारी दिए पनि त्यस सम्बन्धी विस्तृत विवरण भने दिइएको छैन ।

खोप निर्माता निकायका प्रमुखले भने ती मानिसको मृत्यु मेडिकल परीक्षणसँग सम्बन्धित नभएको स्थानीय संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।

राष्ट्रपति बोल्सोनारोले चीनसँग जोडिएकै कारण खोपका विषयमा आलोचना गर्दै आफ्नो मुलुकले सो खोप खरिद नगर्ने बताउनु भयो ।

उहाँले खोप परिक्षणका लागि सहयोग गरिरहेका साओ पावलो र जोआओ डोरियाका गभर्नरहरुको सार्वजनिक गर्नुभएको छ ।

कोरोना विरुद्धको खोपको निर्माण चीनियाँ कम्पनी सिनोभ्याक बायोटकले गरेको हो ।

सो कम्पनीले विश्वभर खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ ।

ब्राजिल विश्वमै कोरोनाबाट बढी प्रभावित मुलुक मध्येमा पर्छ ।

ब्राजिलमा हालसम्म ५७ लाखभन्दा बढी मानिसमा संक्रमण भइसकेको छ भने कोरोना संक्रमणकै कारण हालसम्म १ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।।