एजेन्सी : ट्रेंट बोल्टको आक्रमक बलिङ र रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्सले दिल्ली क्यापिटललाई ५ विकेटले हराउँदै दुबईमा सम्पन्न १३ औं इण्डियन प्रियमियर लिग (आईपीएल) को उपाधि आफ्नो हातमा पार्यो। मुम्बईले पछिल्लो आठ वर्षमा पाँचाैँ पटक उपाधि जित्ने टिम भयो।
मुम्बईले ट्रफीसँगै २० करोड भारू र दिल्लीले १२.५० करोड भारू नगद पुरस्कार पाए। त्यस्तै अन्तिम चारमा स्थान बनाएका सनराईजर्स हैदराबाद र राेयल च्यालेन्जर्स बैंगलोरले समान ८.७५ करोड रकम पाए।
आइपीएल १३ औं सिजनको फाइनल पछि खेलाडीहरूमा पैसाको वर्षा भएको छ। किंग्स इलेभेन पञ्जावका कप्तान लोकेश राहुल यस सत्रमा अधिकतम ६७० रन बनाउँदै ओरेन्ज क्याप हासिल गर्न सफल भए। राहुलले १० लाख भारु पाए।
यस्तै दिल्ली क्यापिटलका तिव्र बलर कागिसो रबाडा आईपीएलमा सर्वाधिक विकेट लिँदै पर्पल क्याप विजेता बने। उनले पनि १० लाखलाई चेक प्राप्त गरे।
कसले कति रकम पायो
