बालुवाटारको हेलिप्याडप्रति भट्टराईको खिसिट्युरी : जुन गोरुको सिङ छैन, उसकै नाम तिखे

Politics

प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिकोप्टर पार्कको निर्माणप्रति पूर्व प्रधानमन्त्री बाबुराम भट्टाराईले खिसिट्युरी गरेका छन्।

बिहीबार साँझ एक ट्विट गर्दै जसपाका अध्यक्षसमेत रहेका भट्टराईले शोख शान सबै राजारानीको जस्तो चाहिने नाउॅचाहिं किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हॅ भनी प्रश्न गरेका छन्।

प्रधानमन्त्री निवासभित्रै बालुवाटारमा हेलिकप्टर पार्क बनाइने समाचार विभिन्न समाचार माध्यममा आएपछि नेता भट्टराईले एक अनलाइन सञ्चारमाध्यमले लेखेको समाचारमा रिट्विट गर्दै यस्तो लेखेका हुन्।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो।