कोरोना भाइरसका विरामी उपचार गर्ने रोमानियाको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कयौं व्यक्ति घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
रोमानियाको उत्तर पूर्वी सहर पियत्रा निम्टको एक सार्वजनिक अस्पतालको सघन उपचार कक्षबाट आगलागी सुरु भएको जनाइएको छ । आगलागी भएपछि विरामीलाई उद्दार गर्ने क्रममा अस्पतालका एक चिकित्सक जलेर गम्भीर घाइते छन् ।
रोमानियाका स्वास्थ्य मन्त्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिनुभएको जानकारी अनुसार आगलागीको कारण विद्युत सर्ट भएको हुन सक्ने उल्लेख छ ।