तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी तालमेल हुँदै पार्टी एकतासम्म जाने निर्णयको दुबै पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरे । निर्वाचनमार्फत जनताले पनि अनुमोदन गरिदिए । २०७४ सालको चुनावी तालमेल २०७५ जेठ ३ गते पार्टी एकतामा परीणत भयो । ओली र प्रचण्ड दुबै अध्यक्ष भए ।
आरोप–प्रत्यारोप र घोचपेच छाडेर ओली–प्रचण्ड एकअर्काको प्रशंशामा लागे । ओली–प्रचण्डको निर्णय नै पार्टी विधान बन्ने स्थिति भयो । तर, अहिले स्थिति फेरिएको छ । ओली–प्रचण्ड संघीन आरोपमा उत्रिएका छन् । सचिवालय बैठकमै लिखित राजनीतिक प्रस्तावको रुपमा ओलीमाथि प्रचण्डले प्रश्न तेर्साएपछि गम्भीर संकट उत्पन्न भएको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।