कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न मन्त्री कृष्णगोपाल श्रेष्ठद्वारा सबैलाई आग्रह

Politics

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन । भक्तपुर ठिमीस्थित शंखधर शाख्वाको शालिकमा माल्र्यापणपछि आयोजना भएको कार्यक्रममा उनले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेका हुन । कोरोना कहरवाट जोगिन स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

उपत्यका मेयर फोरमका सचिव समेत रहेका मध्यपुर ठिमी नगर प्रमुख मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताए ।

कार्यक्रममा सांसद महेश बस्नेतले राष्ट्रिय विभूति शंखधर शाख्वाको सम्झनामा सरकारले रोजगारीमुलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताए ।