१ घण्टाको पारिश्रमिक ३ करोड !

Entertainment

एजेन्सी । बलिउड नायिका उर्वशी रौतेलाले एक घण्टाको पर्फमेन्सका लागि तीन करोड भारतीय रुपैंया पारिश्रमिक लिएकी छिन् । स्पटब्वाईले उल्लेख गरे अनुसार एक घण्टा पर्फमका लागि यो रकम निकै धेरै हो । उक्त पत्रिकाले यो रकम अहिलेसम्मकै धेरै भएको दावी गरेको छ । उर्वसीले बीमार दिल, बिजलीकी तार, हसिनोको का दीवानालगायतका फिल्ममा डान्स गर्ने भएकी छिन् । मिस टीन इण्डिया र मिस दीवा जस्ता उपाधी जितेकी २५ वर्षिय यी नायिकाले हिन्दी चलचित्र ‘सिंह साहब दि ग्रेट’वाट डेब्यु गरेकी थिइन् ।यसपछि उनले सनम रे, ग्रेट ग्रेण्ड मस्ती, हेट स्टोरी ४लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।