२१०३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

Health-Education

पछिल्लो २४ घण्टामा २१ सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।
२८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन्। बिहीबार २८ सय ५८ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ। हालसम्म १६ लाख ३३ हजार ५५९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।

नेपालमा कोरोनाबाट १२ सय ७६ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै १७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ