फुटबलका महान तारा, डिएगो म्याराडोना अस्ताए

Sports

महान फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । उनी दुई हप्ता पहिला अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको ब्रेन सर्जरी भएको थियो । उनको नाम महान फुटबलरमा गनिन्छ । उनले १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, “तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।”

उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।