नेपालमा दुईदिने भ्रमणका लागि काठमाडौँ आईपुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणले भारतीय विदेशमन्त्रीएस जयशंकर नेपाल आउने सम्भावना बढेको विज्ञहरुले बताएका छन् । विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि नेपाल आउन खासै चासो नदेखाएका उनी जयशंकर विदेश सचिवको भ्रमणपछि भने नेपाल आउनसक्ने विश्लेषण भएको हो ।
भारतका विदेश सचिव हर्षबर्धन श्रृंगलाको भ्रमणलाई विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणको तयारीको रूपमा विश्लेषण गर्न थालिएको छ । नेपालको प्रतिनिधित्व गरेर गएका राजदूतलाई समेत भेट नदिएका जयशंकर नेपाल भ्रमणको तयारीमा रहेको बुझिएको हो । यसअघि नेपाल आउनै नखोजेका उनी पहिले विदेश सचिवलाई पठाएर आफ्नो भ्रमण सहज बनाउन लागिपरेकोे विश्लेषकको बुझाइ छ ।
औपचारिक भ्रमणका लागि बिहीवार नेपाल आएका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाली पक्षसँग विदेमन्त्रीको आगामी भ्रमणबारे पनि छलफल गर्ने सम्भावना देखिएको छ । साथै भुमि फिर्ता, द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर छलफल हुने देखिएको छ । नेपालको पटकपटकको असन्तुष्टिपछि पनि भारतबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण हुनु सकारात्मक रहेको विज्ञको बुझाइ छ ।
विदेश सचिव हर्षवर्धन श्रृंगलाको भ्रमणलाई नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता भएको बताइएको छ । रअका प्रमुख, सेनापति विदेशसचिवको भ्रमणसँगै विदेशमन्त्रीको भ्रमणको तयारी पनि दुईदेशबीच सम्बन्ध सुधारको कडी बन्ने विश्वास गरिएको छ ।