‘ओलीको प्रतिवेदनमा आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो’ : भट्टराई

Politics

जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् ।

उनले आफूबाट कहिल्यै गल्ती नभएको जसरी आफ्नो शासनकाल नै स्वर्णयुग भएको जस्तो अहंकार गरेका बताएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ओलीको ५३-बुॅदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुशरफासिष्ट शासक झैं आफुबाट कहिल्यै कुनै गल्तीरकमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो।अब अरूको निम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प देखिएन है !’