नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।
तनहुँ प्रहरीका अनुसार पौडेलसहित पक्राउ परेका कांग्रेस कार्यकर्ता सबै रिहा भएका हुन् ।
आज (बुधबार) दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रहरीसँगको धकेलाधकेलका कारण उनको छातिमा समेत समस्या देखिएको थियो ।
पौडेलको रिहाईको माग गर्दै विभिन्न स्थानमा प्रद��्शन भएका थिए ।
उनको रिहाईको माग गर्दै सभापति देउवाले विज्ञप्ती निकालेर सरकारलाई चेतावनी दिएका थिए ।