२४ घण्टामा थपिए १०१४ संक्रमित

Health-Education

नेपालमा आज थप १०१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६२२० जनाको पीसीआर परीक्षणमा १०१४ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २७ हजार ४ सय ३३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १६१४ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४४२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३४४, भक्तपुरमा ३१ र ललितपुरमा ६७ जना संक्रमित थपिए ।