सीमा विवादका विषयमा भारत र चीनविच पुनःविवाद चर्कियो

International

सीमा विवादका विषयमा भारत र चीनविच पुन विवाद चर्किएको छ । भारतले बिहीबार पूर्वी लद्दाखको सीमामा धकेलाधकेल भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले शनिवार भारतले चीनले सीमा अवस्था परिवर्तन गर्न खोजेपछि धकेलाधकेल भएको जनाएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले छ महिनायता निम्तिरहेको सीमा विवाद नियन्त्रण रेखा अवस्था परिवर्तन गर्ने चिनियाँ प्रयत्नका कारण उत्पन्न भएको बताएका हुन । नियन्त्रण रेखाको अवस्था परिवर्तन खोज्ने चिनियाँ कार्य दुईपक्षीय सम्झौता विपरित भएको भारतको आरोप छ । जुनमा विवादित सीमा क्षेत्र गलवानमा दुई देशका सेनाविच झडप हुँदा वीस भारतीय सैनिकको मृत्यु भएको थियो । सो झडपमा पनि एकले अर्कोलाई आरोप लगाउदै आएका छन । त्यसयता सीमा विवाद समाधानका लागि पटक पटक छलफल भएपनि निस्कर्ष आउन सकेको छैन ।