जर्मनीमा क्रिसमसमा लकडाउन हुने

International

जर्मनीमा कोरोना भाइरसको संक्रमण र मृत्युदर अहिलेसम्मकै उच्च भएपछि क्रिसमसकै अवधिमा कडा लकडाउन हुनसक्ने बताइएको छ ।

आगामी बुधबारदेखि देशभरका अति आवश्यक बाहेकका पसलहरु बन्द गरिने भएका छन् । यसैगरी विद्यालयहरु पनि बन्द गरी बालबालिकालाई सम्भव भएसम्म घरमै स्याहार गर्न आग्रह गरिएको छ ।

जर्मनीकी चान्सलर एङ्गेला मर्केलले क्रिसमसका लागि बढेको किनमेलका कारण सामाजिक सम्पर्क बढेकाले संक्रमण बढेको बताउनु भएको छ । पछिल्लो तथ्यांक अनुसार जर्मनीमा एकै दिनमा २० हजारभन्दा बढी संक्रमित थपिनुका ३ सय २१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा डिसेम्बर १६ देखि १० जनवरीसम्म लकडाउन गरिने बताइएको छ । लकडाउनको औपचारिक घोषणा १६ वटा राज्याका नेताहरुसँग छलफल गरेपछि सार्वजनिक गरिने तयारी भइरहेको छ ।