प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गर्नुभएको छ । आफूविरुद्ध दलका नेताले नै गतिविधि गर्दै हिँडेको भन्दै आलीले गुरुङको राजीनामा माग गर्नुभएको हो ।
जवाफमा गुरुङले यो पार्टीको निर्णय त होइन, मैले किन राजीनामा दिने भनेर प्रतिप्रश्न गर्नुभएको थियो । उहाँ आफूले यस विषयमा कुनै टिप्पणी नगर्ने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले गुरूङलाई बोलाएर राजीनामा माग गरेको बालुवाटार स्रोतले जनाएको छ ।