‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक

Economy

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले संविधान जारी भएपछि जलस्रोतको उपयोग तीन वटै तहबाट गर्ने संवैधानिक व्यवस्था भए अनुसार नै नीति तयार पारेको स्पष्ट पार्नुभयो ।

जलस्रोतलाई सिंचाइ, जलविद्युत र पर्यटन पूर्वाधारका रूपमा उपयोग गर्नेस्पष्ट दृष्टिकोण नीतिले अवलम्बन गरेको दाबी गर्नुभयो । राष्ट्रिय जल उपायोगको बहुआयामिक आवश्यकताको सहज परिपूर्ति गर्ने, जलस्रोतको बहुआयामिक तथा सामान्यायिक विकास र उपायोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पुर्याउने, उद्देश्य राष्ट्रिय जलस्रोत नीतिले राखेको छ ।

यस्तै संघ, प्रदेश र स्थानीय तहको समन्वयमा जलस्रोतको संरक्षण, विकास तथा उपायोग गर्ने, नागरिकका आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने जलस्रोतजन्य सेवा सुविधा सहज सुलभ, सुपथ र सामान्यतवरले उपलब्ध हुनेगरी जलस्रोत क्षेत्रको विकास गर्ने उद्देश्य पनि राखिएको छ ।