लमजुङको सुन्दरबजार नगरपालिका– ४ चारघरे गाउँकी धनमाया भुजेलको हत्या उनकै भतिजले गरेको रहस्य खुलेको छ । काकी भतिजविचको अवैध सम्बन्ध नै हत्याको कारण भएको प्रहरीले जनाएको छ । धनमायाको हत्यामा भतिज सागर भुजेल र भाञ्जा विकास भुजेलको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पत्रकार सम्मेलन गर्दै २० वर्षीय सागर भुजेलको योजनामा ३४ वर्षीया धनमायाको हत्या भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार सागरको नातामा काकी पर्ने धनमायासँग अवैध सम्बन्ध रहेको थियो । ‘सागरले नातामा भानिज भाई पर्ने १९ वर्षिय विकास भुजेलसँग एकमहिना अगाडीदेखि सल्लाह गरेर काकीको हत्या गरेको देखिन्छ ।’ प्रहरी नायव उपरिक्षक थापाले भने ।
काकीले पेट बोकेको हल्ला चलेपछि विकाससँग एक महिनादेखि सल्लाह गरेर घट्ना हुने अघिल्लो दिन रात सँगै सुतेर भोलिपल्ट विहान हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
‘गाउँमा धनमायाको पेटमा गर्भ रहेको भन्ने हल्ला चलेपछि सागरले उनलाई ठेगान लगाउन हत्या गरेको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ । ‘काकीले पेट बोकेको हल्ला चलेपछि विकाससँग एक महिनादेखि सल्लाह गरेर घट्ना हुने अघिल्लो दिन रात सँगै सुतेर भोलिपल्ट विहान हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ प्रहरी नायब निरिक्षक थापाले भने ।
सशस्त्र प्रहरीमा भर्ना हुन भन्दै पोखरामा मेडिकल परीक्षणका लागि गएका सागरलाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरी बेसीशहर ल्याएको जनाएको छ । विकासलाई घरबाटै प्रहरीले पक्राउ गरेको प्रनाउ थापाले बताए ।
पहिला घाँटी कसे अनि जाँतोले हिर्काए
धनमायाका श्रीमान धु्रव भुजेल विहानै गाईगोठमा काम गर्न जाने भएकाले विहानीपख धनमाया घरमा एक्लै हुन्छिन् भन्नेमा सागर र विकास जानकार थिए । धनमायालाई मार्ने योजना बनाएपछि लास पोको पार्नका लागि सागरले बोरासमेत घरबाटै लिएर गएको प्रनाउ थापाको भनाई छ ।
जब उनीहरु धनमायाको घरमा पुगे विकास बाहिर अन्य मानिस कोही आउँछन् कि भन्दै आँगनमा बसे । सागर धनमाया सुतिरहेको कोठमा पसे र उनले ओढिरहेको पछ्यौराले घाँटीमा कसे अनि विकासलाई ढुंगा लिएर आउन भने । प्रनाउ थापा भन्छन् ‘सागरले बोलाउने बित्तिकै विकासले पिंढीमा रहेको जाँतोको माथिल्लो भाग लगे र दुवै जना मिलेर टाउकोमा हिर्काए ।’
जाँतोले कञ्चनमा हिर्काउदा आँखा र नाकमा समेत चोट लागेको र अन्तिममा धनमायाको निधन भएको थियो । त्यसपछि दुवैले धनमायाको शव बोरामा राखेर घिसार्र्दै कोठाबाट पिंढी, आँगन हुँदै आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको टंकीको ढक्कन खोली त्यसमा राखेर ढक्कन बन्द गरेर हिडे । त्यसपछि नजिकैको धारामा गई दुवै जनाले आफ्नो शरिरमा लागेको रगत पखाले र आ– आफ्नो घर गए ।
धनमायाको शव बोरामा राखेर घिसार्र्दै कोठाबाट पिंढी, आँगन हुँदै आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको टंकीको ढक्कन खोली त्यसमा राखेर ढक्कन बन्द गरेर हिडे
प्रहरीले अभियुक्तलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतमा पेश गरेको छ । उनीहरू दुवैका विरुद्ध जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न भनिएका विकास भुजेल १९ वर्षको भनिएपछि उनी भरखरै १८ वर्षमा टेकेको उनको नागरिकताबाट खुलेको छ । विकासको नागरिकता अनुसार उनको जन्म मिति २०५९ कार्तिक १७ गते रहेको उनकी आमा रामकुमारी भुजेलले बताइन् ।
श्रीमानले दागवत्ती दिन पाएनन्
प्रहरीले मृतक धनमायाका श्रीमान् धु्रव भुजेललाई बुधबार साँझदेखि नियन्त्रणमा लिएको थियो । धु्रवलाई धनमायाको शब पोष्टमार्टम गरिएको अस्पताल जान शवमा दागबत्ती दिन घाटमा समेत जान दिएको थिएन । शुक्रबार विहानै दुराडाँडा– बेसीशहर समाजका अध्यक्ष हरिप्रसाद अधिकारीको जिम्मा लगाई रिहा गरेको छ ।