भैरवका रुपमा पुजिदै आएको रुजन शाक्यको स्थानमा नयाँ भैरव चयन

News

जिवित देवि देवताको रुपमा उपत्यकामा गणेश, भैरव र कुमारीलाई विशेष रुपले पुज्ने गरिन्छ । सोही क्रममा यसपटक भैरवका रुपमा पुजिदै आएको रुजन शाक्यको स्थानमा नयाँ भैरव चयन गरिएको छ । दश वर्षीय रुजन शाक्य भैरवको रुपमा रहेकामा शनिवारवाट सो स्थानमा नयाँ भैरबको रुपमा कर्सनभ शाक्यको चयन भएको हो ।

बुबा ज्ञानुप शाक्य तथा आमा मनिला शाक्यका पुत्र तीन बर्ष दश महिनाका कर्सनभ शाक्य नयाँ जिवित देवता भैरवको रुपमा चयन भएका हुन । नयाँ भैरव चयन गरिएपछि तलेजुका पुजारी उद्धब कर्माचार्यद्वारा विशेष तान्त्रिक विधिवाट पुजा गरि कर्सनभ शाक्यलाई सिंहासनमा विराजमान गराइएको थियो ।

कोरोना महामारीका कारण केही समय विधिवत पूजाविधि सार्नु परेको भएपनि शनिवारको शुभसाइतमा नयाँ भैरव चयन गरिएको हो । आउदो चैते दशैंका दिन नयाँ भैरवलाई हनुमानढोका दरबार प्रवेश गराइने तथा इन्द्रजात्राको अवसरमा रथारोहण गरिने भएको छ ।