पाँचतारे स्तरको होटल अन्नपूर्ण बन्द भएको छ । कोभिड–१९ को महामारीसँगै होटल क्षेत्रमा आएको मन्दीका कारण सञ्चालन खर्च धान्न सक्ने अवस्था नभएपछि बन्द गरिएको । सन् २०२१ भरका लागि होटल बन्द गरिने जानकारी गराइएको छ। आउँदो वर्ष समेत विदेशी पर्यटक उल्लेख्य रुपमा आउने सम्भावना नदेखिएका कारण तत्कालका लागि होटल नखोलिने र अध्ययन गरेर अर्को वर्षदेखि होटल खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय गर्ने संबद्ध स्रोतले जनाएको छ ।