नेपालमा नयाँ स्वरूपको कोरोना भाइरस प्रवेशको आशंका !

Health-Education

बेलायतबाट आएका पाँच जनामा कोरोना पुष्टि भएको छ । बेलायतबाट आएकामा कोराना पुष्टि भएसंगै नयाँ स्वरुपको कोरोना भाइरस नेपालमा भित्रिएको हो की भन्ने आशंका पनि बढेको छ । तर यसको पुष्टि हुन भने अझै बाँकी छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरसको स्वरूप देखिएसंगै नेपालमा पनि यसको जोखिम बढेको बढेको छ । साथै गत बुधवार बेलायतबाट आएका व्यतिmहरु मध्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा पनि नयाँ स्वरुपको कोरोनाले प्रवेश गरेको हो की भन्ने आंशका बढेको छ । यद्यपी हाल बेलायतबाट आएका मध्य ५ जनामा पुरानै भाइरस हो या नयाँ कोरोना भाइरस हो भन्ने विषमा भने अहिले आधिकारीक रुपमा कुनै पुष्टि नभएको स्वास्थ्य मन्त्रालयको भनाई छ । तर विज्ञहरू बेलायतमा देखिएको नयाँ प्रजातीको भाइरस नेपालमा पनि प्रवेश गरेको हुन सक्ने बताउँछन् ।

बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरस फ्रान्स, नेदरल्याड्स, जापान, दक्षिण अफिका लगाएत देशमा देखा परिसकेको छ । साथै मंगलबार भारतमा पनि बेलायतबाट आएका ६ जना व्यतिmमा नयाँ स्वरुपको कोरोना संक्रमण देखिएको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन । नेपालमा पनि गत बुधवार बेलायतबाट आएकाहरु मध्य ५ जनामा कोरोना देखिएसगंगै ¥यालको नमुना लिएर जीनको सिक्वेन्सिङ अध्ययनका लागि पठाइने भएको छ । तर नेपालमा भएको पीसीआर परिक्षणबाट नयाँ भाइरस हो होइन भनेर पत्ता नलाग्ने भएका कारण यसको नमुना स्वास्थ्य मन्त्रालयको समन्वयमा बाहिर पठाइने राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाले जनाएको छ ।

हाल नेपालमा कोरोना संक्रमणको अवस्था घट्दो रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा देखिन्छ । तर बेलायतबाट आएका व्यतिmमा कोरोना पुष्टि भएसंगै साथै नयाँ प्रजातीको भाइरस होकी भन्ने आशंकाले नेपालमा संक्रमणको जोखिमलाई थप बढाएको छ । नयाँ स्वरूपको भाइरस अहिले फैलिरहेको भाइरसको तुलनामा ७० प्रतिशत बढि छिटो फैलने बताएको छ । साथै अहिले प्रभावकारी मानिएका कोरोना खोपले पनि काम गर्छ कि गर्दैन भन्ने अन्यौलता समेत रहेको छ ।